सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले तोकिए बमोजिमको औषधीहरुको चरम अभाव

165 Shares

रौतहट, २१ पुस । नेपाल सरकारले निर्धारण गरेका मापदण्ड अनुसारको निशुल्क वितरण गर्नुपर्ने औषधीको रौतहटको सरकारी स्वास्थ्य संस्थाहरुमा चरम अभाव सृजना भएको छ ।
सरकारी स्वास्थ्य संस्थाहरुमा विरामीहरु पाउनुपर्ने निशुल्क औधषीहरुको चरम अभावका कारण सर्वसाधारण विरामीहरु बाहिर मेडिकलबाट महगो शुल्कमा औषधी किन्न बाध्य भएको हो ।
चन्द्रपुर नगरपालिकाले नगरभरीका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट तोकिए बमोजिमको निशुल्क औषधीहरु उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरु सिटामोल बितरण गरेर बस्नु परेको बताइएको छ । चन्द्रपुर नगरपालिकाको वडानं ९ डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पंडितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणले पाँउने निशुल्क औषधी समेत नपाठाएकाले समस्या भएको गुनासो गरे ।
डुमरिया स्वास्थ्य चौकीमा औषधीको नाममा सिटामोल मात्र रहेको उनले भने । नगरपालिकाको स्वास्थ्य शाखाले औषधी आज आँउछ भोली आँउछ भनेको ३ महिना बित्दा समेत औषधी नआएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । चन्द्रपुर नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीमा मात्र औषधी अभाव नभएर नगरपालिकाको प्राय जसो स्वास्थ्य चौकीमा औषधीको अभावमा आर्थिक अवस्था कमजोर भएका सर्बसाधारण विरामीहरु मेडिकलबाट महंगो शुल्क तिरेर औषधी सेवन गर्न बाध्य भएका छन् ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधी निशुल्क पाँउने बताएपनि रौतहटका स्वास्थ्य संस्थामा समान्य ज्वरो र रुघाखोकीको औषधी समेत सर्बसाधारणले पाँउन छाडेका छन् ।
चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा मात्र हैन जिल्लाभरीकै स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क दिने भनिएका औषधिहरु उपलब्ध छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार