पाकिस्तान, एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वामा सन् २०२२ मा १ सय भन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाइए पनि विगत ४ बर्षमा उक्त प्रान्तमा कसैलाई मृत्यु दण्ड दिएको छैनन् ।
पाकिस्तानबाट प्रकाशित हुने ऐन समाचार संस्थाले जनाएअनुसार यस प्रान्तको अदालतले १ सय जनाभन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
यससँगै सजाय पाएर मृत्युदण्ड पर्खिरहेकाहरुको सङ्ख्या ४५० नाघेको ऐनले उल्लेख गरेको छ । पछिल्लो ४ वर्षमा यस प्रान्तमा कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।
आतंककारी गतिविधिमा संलग्न रहेको अभियोगका दोषीलाई पनि पछिल्लो ४ वर्षमा मृत्युदण्ड दिइएको छैन ।
खैबर पख्तुनख्वामा रहेको प्रतिआतंकवाद विभागसँग आतंककारी गतिविधिलाई निस्तेज गर्न जनशक्ति, स्रोत र क्षमता नरहेको टिप्पणी गरिन्छ ।
भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पाकिस्तानको पञ्जाब प्रान्तमा गतवर्ष ३ आतंककारी घटना भएकोमा खैबर पख्तुनख्वामा भने ३ सयभन्दा धेरै आतंककारी घटना भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन