रौतहटमा ट्राफिक प्रहरी कठोर बन्दै, १ करोड भन्दा बढि राजस्व संकलन

271 Shares

प्रेमचन्द्र झा

रौतहट, २२ पुस । रौतहट जिल्ला ट्राफिक नियमकानुनको उलंघन गरेर सबारी साधन चलाउनेहरु माथि निगरानी बढाइएको छ ।
ट्राफिक कार्यालय चन्द्रपुरको कार्यकाल सम्हालेपछि ट्राफिक प्रहरी निरीक्षक विमला कठायतले ट्राफिक नियम कानुनको उलंघन गरेर सबारी साधन गुडाउनेहरु माथि निगरानी राख्दै दण्ड जरिवाना गरेर राजस्व संकलनको दर बढाएको हो ।
आर्थिक बर्ष २०७९–८० को ६ महिना नपुग्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले एक करोड २२ लाख राजस्व संकलन गरेका छन् । पुस १८ गते सम्मको तथ्याङक अनुसार रौतहट ट्राफिकले एक करोड २१ लाख ९० हजार राजस्व असुली गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटकी प्रमुख ट्राफिक प्रहरी निरिक्षक कठायतले जानकारी दिएकी छन् ।
उक्त अबधिमा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको उनले बताइन । कागजपत्र तथा लाइसेन्स नबोकेर हिडने ७ हजार ३ सय ७४ जना मोटरसाइकल धनीलाई कार्वाही गर्दा ४६ लाख ४० हजार राजस्व संकलन उनले भनिन ।
ट्राफिक प्रहरीले १५ हजार ८८४ वटा सवारी साधनलाइ कारवाही गर्दा एक करोड २१ लाख ९० हजार राजस्व संकलन भएको उनले जानकारी दिइन । गत साउन महिनामा १० लाख १४ हजार ५ सय, भदौमा २० लाख, असोजमा १७ लाख १३ हजार, कार्तिकमा २९ लाख ३२ हजार ५ सय, मंसिरमा २८ लाख ९० हजार ५ सय र पुस १८ गते सम्म १६ लाख ४८ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रमुख कठायतले जनाएकी दिइन् ।
उनी भन्छीन् नियम प्रक्रिया पुर्याएर सवारी साधन चलाएमा दण्ड जरिवाना गर्नुपर्ने आवश्यक्ता नै थिएन तर कानुन प्रक्रिया मिचेर सवारी गुडाउने जो कोहीलाई कानुनको परीधि भित्र ल्याइ नेपाल सरकारको तोकिए बमोजिमको दण्ड जरिवाना गरेर संकलन भएको रकम राजस्व खातामा दाखिला गर्ने गरिएको स्पष्ट पारिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार