230
Shares
रौतहट, २२ पुस । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट खटिएको विद्युत चुहावट टोलीले मोटर पक्राउ गरेको छ ।
बिद्युत चुहावट बढेको भन्दै सुचना आएको विशेष सूचनाको आधारमा जाँदा फतुवा विजयपुर नपाको विभिन्न गाउँमा अनाधिकृत रुपमा हुकिंग गरेर सिंचाई गरिरहेको अवस्थामा ८ थान पानी तान्ने मोटर नियन्त्रणमा लिएको प्राधिकरण मौलापुर प्रमुख अरुण कुमार साहले बताए ।
मोटर जफत गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताउदै बिद्युत चुहावट नगर्न नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले सबैमा अनुरोध गरेको छ । दुइ दिन अघि पनि मौलापुर वितरण केन्द्रबाट खटिएका कार्यालयको टोलि तथा प्रहरीको सहयोगमा हुकिङ गरी सिँचाइ गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट १२ थान मोटर जफत गरेको थियो ।