तिवारी दम्पती माथि धारिलो हतियारबाट साँघातिक आक्रमण, उपचारको क्रममा महिलाको मृत्यु

   १० आश्विन २०७७, शनिबार ०३:०२  

रौतहट, १० असोज । पुरानो रिसिबीलाई लिएर शुक्रवार राति रौतहटमा एक दम्पत्ती माथि धारिलो हतियारबाट साँघातिक आक्रमण भएको छ । साँघातिक आक्रमणको शिकार भएकी महिलाको उपचारको क्रममा मृत्यु भएका छन् ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं ५ टिकुलिया बस्ने महेश तिवारी र उनको श्रीमती जगरानी देवी तिवारी शुक्रवार राति ८.३० बजेको समयमा घर भित्र टेलिभिजन हेरिरहेको अवस्थामा एक्कासी गाउँकै केही व्यक्तिहरु घरको ढोका खोल्न लगाएर तिवारी दम्पत्ती माथि धारिलो हतियारबाट साँघातिक आक्रमण गरेका हुन् ।
ढोका खोलेका तिवारीको श्रीमती जगरानी देवी माथि धारिलो हतियारले घाँटी, अनुहारको साथै शरिरको विभिन्न स्थानमा आक्रमण गर्दै घर भित्र रहेका तिवारी माथि पनि आक्रमण गरेर गम्भीर घाईते बनाए । गम्भीर घाईते भएका तिवारी दम्पतीलाई तत्कालै विरगंजको न्यूरो अस्पतालमा उपचारको लागि लगियो तर उपचारकै क्रममा गएराति महिलाको ज्यान गएको बताइएको छ ।
गम्भीर अवस्थामा रहेको महेशको उपचार भईरहेको पिडित तिवारी परिवारिक श्रोतबाट बुझिएको छ । घटनाको जानकारी पाउना साथ रौतहट प्रहरीका एसपी सिद्धी विक्रम शाह आफै घटनास्थलमा पुगेर ५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी श्रोतबाट बुझिएको छ । धारिलो हतियार प्रहार गरेर साँघातिक आक्रमण गर्ने व्यक्तिहरुको व्यापक रुपमा खोजतलास भईरहेको एसपी शाहले बताए ।
गत ६ महिना अघि गाउँमा भएको झगडाको विषयलाई लिएर सोही गाउँ बस्ने रामएकवाल मुखिया बिन, अछेलाल विन, सोनालाल मुखिया विन, वलि मुखिया विन, प्रदिप मुखिया विन, चुनचुन मुखिया विन, कृष्ण मुखिया विनले सहितको व्यक्तिहरुद्धारा साँघातिक हतियारबाट आक्रमण गरेर उक्त घटना घटाएको तथा पिडक र पिडित दुवै नेकपा समर्थित रहेको भएपनि जातिगत वर्चस्वका लागि नेताको पहुच भएको व्यक्तिको संरक्षणको भरमा धारिलो हतियार प्रहार गरि एक्कासी ज्यान लिने आक्रमण गराइएको आरोप समेत तिवारी परिवारले लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै