दुधिअवा क्याम्पसकाे सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ शुरु

161 Shares

प्रेमचन्द्र झा

राैतहट, २२ पुस । फतुवा बिजयपुर नगरपालिका स्थित दुधिअवा क्याम्पसको सहयोगार्थ धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ शुरु भएका छन ।
भौतिक तथा गुणस्तरीय शिक्षामा सहयोगका लागि एक समारोहबीच धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उदघाटन गरिएका हुन् ।
सप्ताहको पहिलो दिन आज पंचकन्या सहित १०८ कलशयात्राले नगर परिक्रमा गरिएको हो ।
रौतहट क्षेत्र नं. ३( क )का प्रदेश सांसद केशव राय चौधरीले प्रमुख अतिथिकाे आसनबाट यज्ञ उद्धघाटन गर्दै नगरपालिका कै एकमात्र स्नातक तह पढाई हुने कारणले मात्र नभई मेरो निवार्चन क्षेत्र समेत भएकोले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।
प्रदेश सभासदस्य चाैधरीले आफ्नो क्षेत्रमा बिकासका पुर्वाधार तथा शैक्षिक प्रगतिको लागि यस दुधिअवा क्याम्पसको भौतिक तथा गुणस्तरीय शिक्षाको उन्नयनका लागि मेरो हर किसिमले आर्थिक तथा नैतिक समर्थन रहेकोे बताए । साे उदघाटन समारोहमा दुधिअवा क्याम्पस संचालक समितिका अध्यक्ष गणेश मैनाली, क्याम्पस प्रमुख रन्जन खरेल, प्रमुख वाचक पंडित भोजराज मिश्र लगायतकाले कार्यक्रमको औचित्यता प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख रंजन खरेलले यो सप्ताह ज्ञान महायज्ञ शुरु गर्नुको मूख्य उद्धेश्य महायज्ञ मार्फत धार्मिक कार्यमा संलग्नता जनाउन र संकलित रकमबाट क्याम्पसको भौतिक तथा गुणस्तरिय शिक्षा प्राप्तीको लागि खर्च गरिने जानकारी दिए ।
यही पुस २९ गते सम्म चल्ने उक्त सप्ताह ज्ञान महायज्ञमा सम्पुर्ण जिल्लाबासी, नगरबासी, शिक्षाप्रेमी, छिमेकी जिल्ला लगायतका दानबिर महानुभावहरुलाई सप्ताहमा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागि भई आर्थिक सहयोग गरि पुन्य कमाउन पनि क्याम्पस संचालक समितिका अध्यक्ष गणेश मैनाली तथा वडा अध्यक्ष मन्जय कुमार चौधरीले संयुक्त अपिल गरेका छन । सो उद्धघाटन कार्यक्रममा स्वागत मन्तब्य निर्मल आकास तथा कार्यक्रमको संचालन अनन्त पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।