प्रेमचन्द्र झा
राैतहट, २२ पुस । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) मसाउद आलम खाँले जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा प्रहरी अधिकारी लाई व्रिफिङ गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा शुक्रबार पुगेर जिल्लाको शान्ति सुरक्षा लागयतका आवस्यक विषयमा जानकारी लिनु भएको प्रहरी उपरीक्षक विरवहादुर बुढामगरले जानकारी दिएका हुन् ।
नायव प्रहरी महानिरिक्षक खांले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा मातहत प्रहरी ईकाई ईन्चार्जलाई विभागिय निति नियम सम्बन्धमा एक कार्यक्रम बिच व्रिफीङ गरी प्रहरी संगठनको मूल्य मर्यादालाई अक्षुण राख्दै अमुल्य निर्देशन दिएको थियो ।
जिल्लामा शान्ति सुरक्षा कायम गराउनुको साथै अपराध अनुसन्धानमा गम्भीर भएर कसै संगपनि सम्झौता नगरी अभियुक्तलाई कानुनी डायरामा ल्याउन समेत डिआईजी खाँले निर्देशन दिए ।