पत्रकार विकास अग्रवालको साथमा रौतहटका सम्पूर्ण पत्रकार एकजुट

   २३ पुष २०७९, शनिबार १८:४१  

रौतहट, २३ पुस । एजेन्टको भरमा संचालित राजश्री सेविंगस एण्ड क्रेडिट को परटिभ बैंकको चरम लापरवाहीको कारण सेवाग्राही मर्कामा पर्दै आएको समाचार प्रकाशित एवं प्रशारित गराउने पत्रकार विरुद्ध राजश्रीको कार्यको सर्वत्र भत्र्सना एवं निन्दा भइरहेका छन् ।
नेपाल पत्रकार महासंघ रौतहटका सदस्य, अर्थ न्युज राष्ट्रिय टिभीका रौतहट जिल्ला प्रतिनिधि तथा मधेश दृष्टिका पत्रकार विकास अग्रवालले राजश्री सेविङस एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेड नामक संस्थाको एजेण्टबाट पिडित एक सेवाग्राहीको पीडा बाहिर ल्याएपछि संस्थाका प्रबन्धक कृष्ण चन्द्र दहालले पत्रकारलाई कारवाहीको लागि प्रहरीलाई पत्र काटेको विषयमा रौतहटका सम्पूर्ण पत्रकारहरु गम्भीर बन्दै राजश्री को उक्त कार्यप्रति खेद प्रकट गदैघोर निन्दा गरेका हन् ।
सत्य निष्पक्ष रुपमा समाचार सम्प्रेशन गरेर समाजलाई जागरुक बनाउने कार्य संचारकर्मीहरुको दायित्व रहेको भएपनि त्यस अनुसार समाचार प्रकाशित गर्दा आफना कमिकमजोरीलाई नसच्याई उल्टै प्रहरीमा पत्र काट्नु प्रेस अभिव्यक्ति माथिको हस्तक्षेप भएको भन्दै प्रेस चौतारी नेपाल सहितका सक्रिय संचारकर्मी, लगातका पत्रकारको विभिन्न समुह संगठनले विज्ञप्ती निकालेर राजश्री विरुद्ध कर्तुतहरु सार्वजनिक गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै