आगो ताप्ने क्रममा फुलपरासीमा एक महिला जलेर गम्भीर घाइते

   २४ पुष २०७९, आईतवार १२:४७  

सर्लाही, २४ पुस । सर्लाहीको कौडेना गाउँपालिकामा शनिवार राति चिसो छल्न आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
कौडेना गाँउपालिका वडा नम्वर २ फुलपरासी गाउँ बस्ने विरेन्द्र रायको ३५ बर्षिया श्रीमती कुमरिया देवी राय चिसो छल्न गएराति घुरोमा आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
आगोले पेट भन्दा तलको सम्पूर्ण भाग जलेर घाइते भएकी कुमरिया देवीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै