बैशाख मसान्त सम्म बार्षिक परीक्षा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

   ८ बैशाख २०७८, बुधबार १७:३४  

तराई टप संवाददाता
रौतहट, ८ वैशाख । कोरोना संक्रमणको दोस्रो लहर बढ्ना साथ रौतहटमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई वैशाख भित्र आफ्नो वार्षिक परीक्षा सक्न जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता बसेको केन्द्रको बैठकले जिल्लाका सामुदायिक तथा संस्थागत सम्पूर्ण विद्यालयहरुको वार्षिक परीक्षा वैशाख मसान्त सम्म सम्पन्न गर्न र कोरोना संक्रमण देखिएका वा आशंका भएमा विद्यालयहरु आवश्यकता अनुसार केन्द्र सँगको समन्वयमा बन्द गर्ने निर्णय गरेको छ ।
विद्यालयमा अध्ययनरत बालबालिका तथा शिक्षकहरु उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्नुपर्ने केन्द्रले निर्देशन जारी गरेको प्रजिअ यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै