देवाही गोनही नगरपालिकामा सुरक्षीत विद्यालय पुनः संचालन सम्बन्धि कार्यशाला सम्पन्न

   २४ पुष २०७९, आईतवार १३:१४  

प्रेमचन्द्र झा
रौतहट, २४ पुस । देवाही गोनही नगरपालिकामा सुरक्षीत विद्यालय पुन संचालन सम्बन्धि विद्यालय स्तरीय दुई दिवसिय कार्याशाला गोष्ठी सफलतपुर्वक सम्पन्न भएको छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा भएको सो कार्याशालामा नगरभरीका विधालयका प्रधानध्यापक, शिक्षाक, विद्यालय ब्यवस्थपन प्रतिनिधि, बाल कल्वका पदाधिकारी सहितको उपस्थिति रहयो ।
कार्यशालामा प्रशिक्षक इश्वर दत्त जोशी र कृष्ण कुमार साहले सहजिकरण गरेका थिए । नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुको विधालय सुधार योजना, विद्यालय बिपद पुर्व तयारी प्रतिकार्य योजना तयारी गर्नमा सहयोग गर्ने मुख्य उदेश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ ।
भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा र युनिसेफ नेपाल तथा युरोपियन युनियन नेपालको आर्थिक सहयोगमा नगरपालिकाको शिक्षा समूह प्रबलिकरन कार्यक्रम रौतहट जिल्लाको देवाही गोनही, यमुनामाइ, राजदेवी, गरुडा , चन्द्रपुर, बृन्दाबन, फतुवा बिजयपुर र गुजरा नगरपालिकामामा पछिल्लो एक वर्ष देखि कार्यक्रम संचालन हुँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै