जिसस महासंघको मधेश प्रदेश अध्यक्षमा कौशल किशोर सिंह र कोषाध्यक्षमा जितेन्द्र कुशवाहा चयन

   २४ पुष २०७९, आईतवार २०:०१  

राधेश्याम कुशवाहा
सर्लाही, २४ पुस । मधेस प्रदेशको जिल्ला समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समिती सर्लाहीका सभापति कौशल किशोर सिंह चयन हुनु भएको छ ।
गण्डकी प्रदेश तथा नेपालको पर्यटकीय नगरी पोखरामा मधेश प्रदेशको ८ वटै जिल्लाका समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिहरुको भेलाले जिल्ला समन्वय समिति महासंघको मधेश प्रदेश अध्यक्षमा सिह र कोषाअध्यक्षमा सर्लाहीका उप–सभापति जितेन्द्र कुशवाहा चयन गरिएको हो ।
मधेस प्रदेशको समन्वय समिती महासंघको उपाध्यक्षमा सिरहाका दिलिप कुमार लामा, सचिवमा पर्साको निरन्जन प्रसाद सोनार र उपसचिवमा महोत्तरीका सरजुग यादव चयन भएको नवनिर्वाचित अध्यक्ष कौशल किशोर सिंहले जानकारी दिए । ५ वटा पदाधिकारी सहित १५ सदस्यीय जिसस महासंघ मधेश प्रदेश समिती गठन गरिएको बताए ।
जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिती कास्किको व्यवस्थापनमा पुष २२–२३ गते बसेको बैठकमा महासंघका देशैभरीका ७७ जिल्लाका जिल्ला समन्वय समितीका प्रमुख, उप प्रमुख सहित् एक महिला सदस्य गरी २३१ प्रतिनिधि सहित करिब ३०० जनाको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै