मेयर कप राजदेवीको मुडबलवाले बाजी मारे

   २४ पुष २०७९, आईतवार २०:४१  

रौतहट २४ पुस । राजदेवी नगरपालिका रौतहटद्वारा संचालित मेयर कप क्रिकेट प्रतियोगिता माथि मुडबलवाले बाजी मारेको छ ।
राजदेवी नगरपालिकाद्धारा संचालित २०७९ मेयरकपको उपाधि राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालाले जितेको हो ।
शनिवार भएको अर्धशतकीय पारिले गर्दा ६ विकेटले फाइनल म्याच जितेका छन् ।
फाइनल खेलमा वडा नम्बर ८ लाई ६ विकेटले पराजित गर्दै वडा नम्बर ७ ले उपाधिमाथि कब्जा गरेको छ।
टस जितेर पहिलो ब्याटिङ गरेका वडा नम्बर ८ लक्ष्मीपुर बेलबीछवाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउदै १०१ रन को स्कोर खड़ा गरेको थियो, ।
बड़ा नम्बर ८ बाट राधेश्याम १५, चितरंजन पंडित १३ र रितेश यादवले ११ रन बनाएका थिए ।
राजदेवी बचत तथा ऋण सहकारी सस्था राजदेवी ८ को समन्वय मा आयोजित प्रतियोगिताको मैन आफ दी सीरीज प्रकाश साहलाई दिइएको छ।
प्रतियोगिताको विजेता र उपविजेता टीमलाई नगर प्रमुख भिखारी यादवले शील्ड तथा प्रमाणपत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै