पाकिस्तानको सिन्ध प्रान्तमा कार्यरत चिनियाँ कामदारको सुरक्षा प्रति चीनद्धारा चिन्ता व्यक्त

162 Shares

इशलामाबाद, एजेन्सी । चीनको अति महत्वाकाक्षिं परियोजना जुन पाकिस्तानको सिन्ध प्रान्तमा कार्यरत रहेपनि कामदारको सुरक्षाप्रति सिन्ध प्रान्तका सरकार समक्ष चिन्ता व्यक्त गरेको छ ।
त्यस प्रान्तमा कार्यरत आफ्ना कामदारलाई अज्ञात सशस्त्र समूहले धम्की दिने गरेको भन्दै चीनले सिन्ध सरकारसमक्ष सुरक्षाको माग गरेको पाकिस्तानबाट प्रकाशित हुने इन्तखाब दैनिकले उल्लेख गरेको हो ।
सिन्ध प्रान्तको मालिरमा प्रसारण लाइनको ग्रिड स्टेशन मर्मतका क्रममा रहेका आफ्ना कामदारलाई धम्की आएको उक्त कार्यको जिम्मा पाएको चिनियाँ कम्पनीले उल्लेख गरेको छ ।
उक्त कम्पनीले आफ्ना कामदारसँग सशस्त्र समूहले मोटो रकम माग गरेको र नदिए नराम्रो परिणाम भोग्नुपर्ने धम्कीसमेत दिएको जनाएको छ ।पाकिस्तानको सिन्ध प्रान्तमा बेवास्ता, अनियमितता, भ्रष्टाचारजस्ता कारणले सुरक्षा व्यवस्थामा चुनौति रहेको बताइन्छ । इन्तखाब दैनिक ।

प्रतिक्रिया

सम्बन्धित समाचार