चट्याँग लागेर गुजरामा १ दलित व्यक्तिको मृत्यु

तराई टप संवाददाता
रौतहट, ९ वैशाख । हावाहुरी पानी संगै खसेको चट्याँग लागेर रौतहटको गुजरा नगरपालिकामा ४० बर्षिय एक दलित व्यक्तिको मृत्यु भएको छ ।
गुजरा नगरपालिका वडा नम्वर ७ पल्टुवा जयराजपुरमा आफन्तको घरमा जन्ती गएको र विहिवार विहान ४.३५ बजेको समयमा खेतमा शौच गर्न गएको अवस्थामा ४० बर्षिय लक्ष्मण महरा माथि चट्याँग खसेका थिए ।
चट्याँग खसेपछि निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटको वृन्दावन नगरपालिका १ विश्राम्पुर स्थायी घर भएका महरा शौच गर्न गएको अवस्थामा चट्याँग लागेर मृत्यु भएपपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
दैवी विपदाबाट महराको मृत्यु भएको हुँदा जिल्ला विपद व्यवस्थापन समितिबाट मृतक परिवारलाई अधिकतम २ लाख सम्म राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।