म्याच फिक्सिङको आरोपमा १० चिनियाँ स्नुकर खेलाडी निलम्बित

   २६ पुष २०७९, मंगलवार १८:५५  

म्याच फिक्सिंगको आरोपमा १० जना चिनियाँ स्नुकर खेलाडीलाई निलम्बन गरिएका छन् ।
विश्व व्यावसायिक बिलियर्ड्स र स्नूकर संघ (डब्लुपिबिएसए) का अध्यक्ष जेसन फर्ग्युसनले भने कि उनीहरूले म्याच फिक्सिङको लागि १० चिनियाँ खेलाडीहरू विरुद्ध मुद्दा दायर गर्ने बारे केही हप्ताभित्र निर्णय गर्ने भएका हुन् ।
निलम्बित खेलाडीमा पूर्व विश्व नम्बर ११ लियाङ वेन्बो र २०२१ मास्टर्स च्याम्पियन यान बिङटाओ रहेका छन् । डब्लुपिबिएसए ले सट्टेबाजी उद्देश्यका लागि म्याच हेरफेर गरेको आरोपमा गत वर्ष अनुसन्धान सुरु भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै