जर्मन सांसदहरूको आगमन अगावै चीनले ताइवान नजिकै अभ्यास सुरु गरे

   २६ पुष २०७९, मंगलवार १८:५६  

ताइपे, एजेन्सी । चिनियाँ जनमुक्ति सेनाले ताइवान नजिकै युद्धअभ्यास सुरु गरेका छन् ।
चीनले ताइवान वरिपरि सैन्य अभ्यास गरेको जनमुक्ति सेना (पीएलए) ले आइतबार जनाएका हुन् ।
जर्मनीको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको चारदिने भ्रमणको सिलसिलामा सोमबार ताइवान पुगेका हुन् । स्वशासित टापुको राष्ट्रिय रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा पहिचान क्षेत्रमा चिनियाँ लडाकु विमानहरू फेला परेको रिपोर्ट गरेपछि जर्मन सांसदहरू आइपुगे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै