काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनिय रुपमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेर उनलाई असाधारण बहुमत दिएर देश विकासको लागि विश्वास देखाएका छन् दलहरुले ।
कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा गरे ।
नेपाली कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ्ग निलम्बित छन् भने कांग्रेसका अरु ३ जना सांसद बैठकमा अनुपस्थित भए ।
बैठकको अध्यक्षता गरेका पशुपति शमशेर राणाले मतदानमा भाग लिएनन् ।
प्रधानमन्त्रीलाई दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिए ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।