अडानी समुहको नेतृत्वले किन्यो इजरायलको हाइफा बन्दरगाह

   २८ पुष २०७९, बिहीबार १३:५१  

नयाँ दिल्ली, एजेन्सी । भारतीय उद्योगपति अडानीको नेतृत्वमा रहेका व्यापारिक समुहले इजरायलको हाइफा बन्दरगाह किनेको छ ।
अडानी समूहको नेतृत्वमा रहेको कन्सोर्टियमले इजरायलको हाइफा बन्दरगाह ४ अर्ब शेकेल (लगभग १.१५ अर्ब डलर) मा खरिद गरेको इजरायलको वित्त मन्त्रालयले मंगलबार जनाएको हो ।
इजरायलले जुलाईमा यो बन्दरगाह अडानी पोर्ट्स र स्थानीय रसायन र रसद समूह गाडोटलाई बेच्ने घोषणा गरेको थियो । चीनको सांघाई अन्तर्राष्ट्रिय बन्दरगाह समूहले २०२२ मा हाइफाको खाडीमा नयाँ बन्दरगाह खोलेका थिए । रोयटर्स ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै