काबुलमा परराष्ट्र मन्त्रालयको कार्यालय नजिकै विष्फोट, धेरैको मृत्यु भएको आशंका

   २८ पुष २०७९, बिहीबार १३:५२  

काबुल, एजेन्सी । अफगानिस्तानको राजधानी काबुल स्थित परराष्ट्र मन्त्रालय कार्यालय नजिकै विद्रोही समुहद्धारा बम विस्फोट गराउदा धेरै मानिसहरु मरेको आशंका गरिएको छ ।
अफगानिस्तानको काबुल स्थित परराष्ट्र मन्त्रालयको कार्यालय नजिकै बुधबार भएको विस्फोटमा धेरैको मृत्यु भएको आशंका गरिएको हो । समाचार एजेन्सीको रिपोर्टका अनुसार मन्त्रालय मुल कार्यालयको गेट बाहिर विष्फोट र गोली चलेको आवाज सुनिएको थियो । विष्फोट हुँदा भवनभित्र चिनियाँ अधिकारीहरूसँग बैठक चलिरहेको रिपोर्टमा उल्लेख छ । रोयटर्स ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै