सुनको मूल्य निरन्तर रुपमा उकालो लाग्दै

   २८ पुष २०७९, बिहीबार १४:३४  

रौतहट, २८ पुस । सुनको मुल्य केही दिन देखि निरन्तर रुपमा उकालो लाग्दै गएको छ ।
बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्यमा ५ रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै