is zoom free to download zoom 4.6.8 download windows zoom error code 5003 windows 11 zoom app download for pc free windows 10 cosmic zoom download download zoom_amd64.deb zoom rooms download windows upload and download speeds for zoom

उच्च अदालत वीरगञ्जका दुई न्यायाधिश सहित ८८ जनामा कोरोना संक्रमित

   ९ बैशाख २०७८, बिहीबार १४:४३  

तराई टप संवाददाता
पर्सा, ९ वैशाख । पर्सा सदरमुकाम वीरगञ्ज स्थित नारायणी अस्पतालको कोभिड प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा दुई न्यायाधिश सहित ८८ जना कोरोना संक्रमित विरामी भएको पुष्टि भएका छन् ।
उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा संकलित १९२ जनाको स्वाब मध्ये ८८ जनामा कारोना संक्रमण पुष्टि गरिएका हुन् । उच्च अदालतको दुई जना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । थपिएका नयाँ संक्रमितहरुमा पर्सा जिल्लाका ७९ जना, बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १–१ जनामा रहेका छन् । पर्साका ७९ जना मध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका र ३ जना अन्य पालिकाको रहेका छन् । चार वर्षदेखि ७८ वर्ष उमेर सम्मका नयाँ संक्रमित मध्ये ६४ जना पुरुष र २४ जना महिलामा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै