अपाङ्ग महिला माहावतीलाई ह्विल चेयर प्रदान

   २९ पुष २०७९, शुक्रबार १४:१२  

रौतहट, २९ पुस । अपाङ्ग महिलालाई हिडडुल गर्नमा सहयोग होस भन्ने उद्देश्यका साथ कटहरिया नगरपालिकाले ह्विल चेयर उपलब्ध गराएर मानविय सहयोग गरेका छन् ।
कटहरिया नगरपालिकाको उप प्रमुख रिता देवी यादवले अपाङ्ग महिला माहावती देवीलाई ह्विल चेयर उपलब्ध गराएर मानविय सहयोग प्रदान गरेकी हुन् ।
कार्यपालिका सदस्य शान्ति देवी यादव, वडा सदस्य रामइश्वर यादव, स्थानिय बुद्धिजीबी, समाजसेवीहरुको ह्विल चेयर हस्तान्तरण कार्यक्रममा उपस्थिती रहेको थियो ।
माहावती ले ह्विल चेयर पाएपछि खुशी व्यक्त गर्दै आफ्नौ दैनिक जीवन सहज हुने भन्दै खुशीव्यक्त गरेकी छिन ।
कटहरिया नगरपालिकाको अपांङ्ग समन्वय समितिकी संयोजक समेत रहेकी उपप्रमुख यादवले अपांङ्गहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै