रौतहटमा बिना इजाजत संचालनमा रहेका तीन क्रसर उद्योग बन्द

   २९ पुष २०७९, शुक्रबार १५:४८  

रौतहट, २९ पुस । गृह मन्त्रालयको निर्देशन अनुसार रौतहट जिल्लामा संचालनमा रहेका मध्ये अबैध रुपमा बिना इजाजत रुपमा संचालनमा रहेका तिन वटा क्रसर उद्योग बन्द गरिएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका बिभिन्न क्रसर उद्योगको अनुगमन गरेर बिनाइजाजत संचालनमा रहेका तिन क्रसर उद्योग बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, घरेलु तथा साना उद्योग कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहटसहितको सरोकारवाला, कार्यालयका प्रमुख तथा निमित्त प्रमुखहरूले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरेपछि तीन उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको वृन्दावन ६ मा रहेको राम जानकी क्रसर उद्योग, गुजरा क्रसर उद्योग एवं निर्माण कम्पनी लिमिटेड रौतहट, र चन्द्रपुर ८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रसर उद्योग बन्द गरिएको उक्त कार्यालयले जनाएको छ । यी क्रसर उद्योग लामोे समय देखी आर्थिक चलखेलको आधारमा निर्वाध रुपमा चल्दै आएको थियो ।
रौतहटमा एक दर्जन बढी बालुवा छान्ने उद्योगको नाममा क्रसर उद्योग संचालन हुदै आएको भएपनि सम्बध निकायबाट नामको लागि अनुगमन गरेर आर्थिक चलखेलको आधारमा संचालन हुदै आएका थिए । चन्द्रपुर ८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रसर उद्योगका कारण गाँउमा बस्न सक्ने अवस्था नभएको भन्दै स्थानीले चर्को बिरोध गर्दै आएको थियो ।
जेष्ठ नागरिक संघ रौतहटका अध्यक्ष विजय किशोर झाले विगतमा विभिन्न समयमा अवैध रुपमा क्रसर उद्योग संचालन गर्न दिएको पुष्टि भएको बताए । विगतमा स्थानीयवासीले अवैध क्रसर उद्योगलाई बन्द गराउन दबाब दिँदा पनि बन्द गराउन नमान्ने स्थानीय प्रहरी प्रशासन गृहको निर्देशनपछि अनुगमन र बन्द गराउन थालेपनि स्थानीयवासी विश्वस्त हुन थालेका छन् उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै