गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन

   २९ पुष २०७९, शुक्रबार २२:१९  

कुमार चन्दन
रौतहट, २९ पुस । रौतहटको गरुडामा नबिल बैंकको शाखा कार्यालय संचालनमा आएको छ ।
गरुडा नगरपालिका ४ गरुडा बजारमा गरुडा नगरपालिका कार्यालयको ठिक अगाडिको भवनमा शुक्रवारको दिन देखी नबिल बैंकको शाखा कार्यालय संचालनमा आएको हो । नबिल बैंकको शाखा कार्यालयको उदघाटन विधिवत रुपमा पूजापाठ गरी गरिएको छ ।
आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा नबिल बैंकले गरुडा बजारमा शाखाको शुभारम्भ गरेको छ ।
स्थानीय उद्योगी, व्यपारी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिका बिच शाखा प्रबन्धक कमलेश श्रेष्ठले पूजापाठ गरी शुभारम्भ गर्दै सेवाग्राहीहरुलाई सर्वसुलभ किसिमले सहज र सजिलो तवरबाट सेवा दिने जानकारी गराए।
नेपालभर २५० भन्दा बढी शाखा रहेका नबिल बैंकको चन्द्रनिगाहपुर मेनरोड र देवाहीगोनाही बजारमा शाखा रहेका छन । अब गरुडामा नबिल बैंकको शाखा संचालनमा आएपछि रौतहट जिल्लामा ३ वटा शाखा संचालनमा आएको कर्जा अधिकृत अरविन्द शाहले जानकारी दिए । पहिलो दिन गरुडाको विभिन्न प्रतिष्ठित व्यक्तिहरुले खाता खोलेका छन ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्तदुरुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै