पोखरामा ठूलो विमान हादसा, ३२ को शव निकालियो

   १ माघ २०७९, आईतवार १२:३७  

पोखरा, १ माघ । काठमाडौबाट पोखराको लागि उडेका यति एयरलाइन्सको विमान आईतवार ११.३० बजेको समयमा पोखरा नजिक दुखद दुर्घटना धएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आज बिहान पोखरा नजिक सेती दोभानमा खसेर दुखद घटना भएको हो ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदा सम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

पोखरा विमानस्थलमा अवतरण हुनु केही मिनेट अघि पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो । जहाज हल्लिदै दुर्घटना भएको थियो । जहाज खसेपछि आगो लागेको हुँदा उद्धार गर्न कठिनाई उत्पन्न भएको छ ।

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिक यसै जहाजले डेमो उडान गरेको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै