विमान दुर्घटनामा ५ भारतीय नागरिक सहित ७२ यात्रुको दुखद निधन भएको आशंका

   १ माघ २०७९, आईतवार १४:५३  

पोखरा, १ माघ । पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली, ५ भारतीय सहित १५ जना विदेशी नागरिक गरेर ७२ जना यात्रु रहेको छ ।
जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् ।
यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक÷एक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । जहाज पूरै जलेको अवस्थामा छ । अहिले पनि उद्धारको काम चलिरहेको छ । जहाजमा लागेको आगोलाई निभाउनमा करिव ३ घण्टा लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै