६८ जनाको शव फेला, ४ को खाजी कार्य जारी

   १ माघ २०७९, आईतवार १८:५३  

पोखरा, १ माघ । पोखरामा विमान दुर्घटनाग्रस्त स्थल सेती नदीको खोंचबाट ६८ जनाको शव फेला परेको छ भनmे४ जनाको खोजी कार्य जारी रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको बताए ।
समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी लिन चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१–४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौंबाट बिहान १०ः३२ बजेको समयमा पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको ६९१, ९एन एएनसी विमान १०ः५० दुर्घटना भएको थियो ।
जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु सवार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै