यती एयरलाइन्सको विमानबाट यात्रा गरिरहदा सायद यो नै अन्तिम यात्रा होला भनेर सोचेका पनि थिएनन् होला ? तर कसको काल कतिखेर, कहाँ भईहाल्छ त्यही मात्रै मानिसलाई थाहा हुदैनन्, सायद त्यसो भएको भए आज यस्तो शोकमग्नु हुनुपर्ने गिएनन् होला ? तर सत्यलाई पत्याउनुपर्ने भएको छ ।
कसलाई थाहा थियो पोखराका संचारकर्मी एवं समस्त पत्रकारहरु मध्येबाट त्रिभुवन पौडेलको विदाई सधैको लागि भइहाल्छ । तर यो नै आज ध्रुव सत्य हो यसलाई पत्याउने बाहेक अन्यकुनै विकल्प छैनन् ।
यो नै धपोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १÷२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको जहाजमा पोखरा फर्किएका थिए ।
जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३
दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।
पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।
२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष भएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरेका थिए ।
पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए ।
दुर्घटनामा परेर दिवंगत हुनु भएका ७२ जना प्रति श्रद्धासुमन अर्पन गर्दै उहाँका शोकसन्तप्त परिवार माथि आईपरेको दुखको घडिमा धर्यधारण गर्न शक्ति प्रदान गरुन भने बाबा पशुपति नाथ संग तराई टप अनलाईन परिवारले कामना गर्दछ ।