कोरोना भाइरस भयाभय रुप लिदै, २४ घण्टामा २४२८ जना संक्रमित पुष्टि

   ९ बैशाख २०७८, बिहीबार १७:३९  

तराई टप संवाददाता
रौतहट, ९ वैशाख । कोरोना संक्रमण विस्तारै विस्तारै नेपालमा पनि भयाभय रुप लिदै गएको छ । पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै मोरङमा ११३ जना, सुनसरीमा ३६ जना, पर्सामा ७९ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना, कास्कीमा ३१ जना, स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गुम्मीमा १० जना, दाङमा २३ जना, पाल्पामा ४२ जना, बर्दियामा ३१ जना, रूपन्देहीमा १२५ जना, कञ्चनपुरमा ३७ जना र कैलालीमा ७३ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै