सर्लाहीको बिष्णु गाउँपालिकामा गाउँ सभा नहुदा ६ हजार बालबालिका परीक्षा बाट बन्चित

183 Shares

राधेश्याम कुशवाहा
सर्लाही, ३ माघ । सर्लाहीको दक्षिणी सिमावर्ती क्षेत्र बिष्णु गाउँपालिकामा बजेट निकासा नहुदा हजारौँ बालबालिका नियमित परिक्षाबाट बन्चित भएका छन् ।
जिल्लाका अन्य पालिकाहरुमा दोस्रो त्रैमाशिक परिक्षा चलिरहदा बिष्णु गाउँपालिकामा भने पहिलोको समेत अत्तोपत्तो छैन् । गाउँपालिकाका जनप्रतिनिधी विचको लुच्छाचुडीका कारण १० वटा सामुदायिक बिद्यालयका ६ हजार बढि बालबालिकाले नियमित परिक्षा दिन बाट बंचित भएका हुन् । यस पालिकामा परिषद हुन नसक्दा सम्पुर्ण गतिविधि ठप्प प्राय बनेको छ ।
नगरपालिकाले बजेट निकासा नदिएपछि नियमित परिक्षा समेत गर्न नसकिएको एक शिक्षकले बताए । बिद्यालय सगँ कुनै किसिमको आन्तरिक श्रोत समेत नभएकोले पालिकाले नदिए सम्म खाने पानि किन्ने समेत अवस्था नरहेको वडा नम्बर ३ मधुवन गोठमा रहेको माध्यामिक बिद्यालयका प्रधानाध्यापक विजय साहले जानकारी दिए ।
कसरी गर्ने परिक्षा ? परिक्षाको लागि कपी किन्ने पैसा समेत छैन् । उन्ले भने, हामीले तलव खान नपाएको महिनौँ भईसक्यो । अनेकन खालका पारिवारिक समस्या छ । कस्ले बुझने ? नियमित तलव नपाए पछि घर परिवार चलाउन अन्तपनि काम गर्नु पर्ने अवस्था आईसक्यो । तलव नपाउनदा शिक्षक शिक्षिकाहरु समेत नियमित बिद्यालय आउन छाडेका उनीहरुको भनाई छ ।
पालिकामा संचालनमा रहेका अधिकांस बिद्यालयको अवस्था दयनिय बन्दै गएको स्थानीय राम पदारथ यादवले बताए । अभिभावकले समेत बालबालिका बिद्यालय पठाउन छाडिसकेको उन्को भनाई छ । बिद्यालयमा किन पठाउनु ? मास्टर सावहरु कहिले कहिले मात्र आउछन् । उन्ले भने, बिद्यालय र पढाईको बिषयमा कसैलाई चासो छैन् ।
गत अषाढ यता सरकारले दिदै आएको दिवा खाजा समेत बालबालिकाले खान पाएका छैन्न । नगरबाट पैसा आउन छाडे पछि खाजाँ बन्द गरिएको शिक्षकहरुको भनाई छ । विद्यालयहरुमा नियमित परीक्षा नहुदाँ आफुहरु अन्योलमा परेको बालबालिकाहरुको गुनासो छ । बिद्यार्थीहरुले पुस्तक समेत नपाएको गुनासो गरे कक्षा भरिका सबैले एउटै पुस्तकबाट पढ्नु पर्ने बाध्यतारहेको उनीहरुले सुनाए । यस विषयमा पालिकालाई जानकारी गराईएको शिक्षकहरु बताउछन् ।
विद्यालयमा नियमति परीक्षा र पढाई हुन छाडेपछि पढाई प्रति विद्यार्थीहरु निराश हुन थालेका छन् । बिष्णु गाउँपालिका–३, मधुवन बजार स्थित माध्यमिक विद्यालय मधुवन गोठमा अध्ययनरत आकाश साह आफुहरुले पढेको मापन गर्ने परिक्षा नहुदा अन्योलता छाएको बताए । परीक्षा नहुदाँ हामीले पढेलेखेका कुराहरुको मूल्यांकन कसरी हुन्छ ? हामी कति पढेका छौं ? कसरी पढछौ ? उनले भने ।
समयमा परीक्षा नहुदाँ विद्यार्थीहरुमा पढाईप्रति नकरात्मक असर परेको बिष्णु गाउँपालिका–७, दुल्वा बत्रौल स्थित समाजिक आधारभूत विद्यालयका प्रधानाध्यापक रामवप्रवेश यादवको भनाई छ । बजेट अभावमा पहिलो र दोस्रो त्रैमासिक परीक्षा गराउन नसकेको बिष्णु गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक कुमार साहले बताए । पालिकाको परिषदबाट बजेट पास नभए सम्म अन्य सगैँ शैक्षिक अवस्था यस्तै रहने उन्ले जानकारी दिए ।
यता तिनै जनताले मत दिएर निर्वाचित गराएका जनप्रतिनिधि मेरो गोरुको बाह्रैँ टक्का गरेर बसिरहेका छन् । परिषद हुन नसक्दा पालिकाको अवस्था दयनिय भएको बिषयमा अझै तैचुप मैचुपको अवस्थमा उनीहरु छन् । यसरी पालिकाको सम्पुर्ण गतिविधि ठप्पहुदा समेत निकास दिनुको सट्टा एक अर्कालाई आक्षेप लगाउने काममा ब्यस्त देखिएका छन् । नगरको बजेट खर्च गर्ने बिषयमा पालिका प्रमुख र वडा ध्यक्षहरु विच टक्राव सुरु भएको स्थानीयको भनाई छ ।
अनावश्यक बखेडा झिकेर पालिकाका केही प्रतिनिधिले परिषद हुन नदिएको बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए । उन्ले तत्काल प्रकृयागत ढंगले परिषद गरेर काम गर्ने बताए । तर, पालिकामा समयमै परिषद नभएका कारण सम्पुर्ण गतिविधि ठप्प भएको, शिक्षा, स्वास्थ्य, लगाएतका कर्मचारीले महिनौ देखी तलव भत्ता खान नपाएको, विद्यालयका बालबालिकाको भविश्यमाथि खेलवाड भएको कुरा भने अस्वीकार गरे ।
परिषद नभए पनि पालिकाको सम्पुर्ण गातिविधि सामान्य ढंगले चलिरहेको उन्को दावी थियो । पालिकाको बजेट निकासा नगरेर पछि दुई चौमासिक देखी सामाजिक सुरक्षा भत्ता नपाएका बृद्ध, बृद्धाले गत मंसिर १७ गते पालिकाको मुल गेटमा पुगेर बिरोध समेत गरेका थिए । अन्य आयश्रोत नभएका बृद्ध, बृद्धा तथा अपांगता भएकाले पाउदै आएको सुरक्षा भत्ता समेत नगर नदिएको उनीहरुको गुनासो थियो ।
नियमित औषधी खाने बिष्णु गाउँपालिका–४, का ७१ बर्षका ऋषी महतोले यतिका समय सुरक्षा भत्ता नपाउदा औषधी समेत किनेर खान नसकेको बताए । जाडोमा न्यानो कपडा किनेर लाउने ईच्छा समेत अधुरो रहेको उन्को दुखेसो थियो । डाडाँ माथिको जुन घाम जस्तै आफुहरुलाई सुविधाको नाममा सास्ती दिएको भन्दै उन्ले आक्रोस पोखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार