सर्लाहीको गोडैतामा ९६० जना गरिब तथा विपन्नलाई न्यानो कम्बल

   ३ माघ २०७९, मंगलवार १३:३५  

राधेश्याम कुशवाहा
सर्लाही, ३ माघ । सर्लाहीको गोडैता नगरपालिकामा ९६० जना गरिब तथा विपन्न परिवारका नागरिकहरुलाई चिसोबाट बच्नका लागि न्यानो कम्बल वितरण गरिएको छ ।
गोडैता नगरपालिका र सेभ द चिल्ड्रेनको संयूक्त आर्थिक सहयोगमा राष्ट्रिय रोजगार प्रबद्र्वन केन्द्रसंग समन्वयमा उक्त कम्बल वितरण गरिएको हो ।
संस्थाबाट प्राप्त भएको कम्बलले चिसोबाट बच्नका लागि सहयोग पुग्ने स्थानिवासी राजकली देवी लोहारले बताईन। सहयोग स्वरुप प्राप्त भएको न्यानो कम्बल ओढने र बिछयाउने छु । उनले भनिन ।
घरमा काम गर्ने कोही नभएका कारण शितलहरको समयमा न्यानो लत्ताकपडाको समेत अभाव हुने गरेको छ । चिसोका कारण बुढाको हात काम्ने गरेका कारण काम गर्न उहाँ असमर्थ हुन्ुहुन्छ, आफूले नै काम गरेर परिवार चलेको छ । उनले भनिन ।
चिसोको समयमा बुढापाखाहरुको आगो नै साहारा रहेको बताउदै स्थानिय सरकारले दिएको दाउरा र न्यानो कपडाबाट बाँच्नुपरेको परेको छ । उहाँले सहयोगी संस्था सहित स्थानिय सरकारलाई समेत धन्याद दिईन ।
गोडैता नगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त आर्थिक सहयोगमा न्यानो कम्बल वितरण गरिएको राष्ट्रिय रोजगार प्रबर्दन केन्द्र, मलंगवा सर्लाहीका अध्यक्ष गायत्री देवीले बताईन । केही दिनदेखि जारी शितलहर र बाक्लो हुस्सुका कारण प्रभावित भएका गरिब, दलित, एकल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका कम्बल वितरण बताईन । यो वितरण शितलहरबाट प्रभावित भएका नागरिकहरुलाई थोरै भएपनि घाउमा महलम लगाउने काम गरेको छु, उहाँले भनिन । यसबाट उनिहरुलाई यो विपदाबाट लडन थप मदत मिल्ने उहाँको भनाई थियो ।
शितलहबाट गरिब, तथा विपन्न परिवारका घरमा लत्ताकपडा तथा दैनिक उपभोगका सामग्रीको समेत अभाव हुने गरेको स्थानियवासीहरुले बताए । संस्थाबाट वितरण गरिएको न्यानो कम्बलबाट थोरै भएपनि जाडो काटन सहयोग पुग्ने उनिहरुको भनाई थियो ।
स्थानिय सरकारले शितलहरबाट प्रभावित भएका नागकिरहरुलाई चिसोबाट बच्नका लागि दाउरा तथा न्यानो कम्बल वितरण गरेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमारले यादवले बताए । हामीले नगरको सबै वार्डको गाउँ घर टोलका चौक चौकमा दाउरा वितरण समेत गरिसककेका छौ, उहाँले भने ।
गोडैता नगरपालिका तथा सेभ द चिल्ड्रेनको ५०–५० प्रतिशतको आर्थिक सहयोगमा न्यानो कम्बल वितरण गरिएको छ । शितलहर जारी रहयो भने थप आगो ताप्न दाउरा र कम्बल वितरण गरिने उहाँले प्रतिबद्वतता व्यक्त गरे । नगरका गरिब तथा विपन्नलाई चिसोबाट बचाउन र उनिहरुको जिवन रक्षाका लागि सक्दो पहल गरिने उहाँको भनाई थियो ।
तराई तथा मधेसमा दिनभर हुस्सु, कुहिरो र चिसो हावा चलेका कारण केही दिनयता राम्रोसँग घाम समेत लागेको छैन । घाम नलागेका कारण अत्याधिक चिसो बढी जनजिवन कष्ठकर बन्दै गएको छ । अत्याधिक चिसोका कारण मानिसहरु काम गर्न घर बाहिर जान सकेका छैन । यसबाट गरिब तथा विपन्न परिवारका बालबालिका तथा ज्येष्ठ नागरिकहरु सबैभन्दा बढी प्रभावित भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै