दुर्गा भगवतीमा जिल्ला स्तरीय टि-२० क्रिकेट नकआउट अध्यक्ष कप आज देखि सुरु

   ३ माघ २०७९, मंगलवार १७:०५  

रौतहट, ३ माघ । रौतहटको दुर्गा भगवती गाउँ पालिकामा जिल्ला स्तरिय टि-२०क्रिकेट नक आउट प्रतियोगिता मंगलवार देखि प्रारम्भ भएका छन् ।
दुर्गा भगवती गाउँ पालिकाद्वारा जिल्ला स्तरिय अध्यक्ष टि-२० क्रिकेट नकआउट प्रतियोगिता आज देखि सरस्वती उमावि पिपरा भलोहियामा प्रारम्भ भएका हुन् ।
टि-२० क्रिकेट नकआउट जिल्ला स्तरिय अध्यक्ष कपको आज विहान विधिवत रुपमा प्रदेश सासद युवराज भट्टराई (समीर) ले एक समारोहका बिच उदघाटन गरे ।
दुर्गा भगवती गाउँ पालिकाको अध्यक्ष शम्भु सिहको अध्यक्षतामा सुरु भएको क्रिकेट प्रतियोगिताको उदघाटन सत्रमा स्वागत गर्दै वडा नम्बर ३ का अध्यक्ष धर्मेन्द्र कुमार झा (डिके झा) ले विगत ५ बर्षमा नभएको काम हामी सानो अबधिमा पूरा गरेर युवाहरुको अनुहारमा मुस्कान ल्याउन सफल भएको बताए । क्रिकेटको जननीको रुपमा रहेका दुर्गा भगवतीमा लोप हुँदै गईरहेका क्रिकेटलाई सुदृढ बनाउन पालिका लागिपरेको बताए ।
निकट भविष्यमा प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता गराउने पालिकाबाट आवश्यक पहल भईरहेको बताए ।
सो कार्यक्रममा उपाध्यक्ष शिला देवी, वडाध्यक्षहरु प्रदुमन चौधरी, शुरेश चौधरी, धरमनाथ चौधरी, हेमचन्द्र झा, युवा नेता रौशन झा, पत्रकार आलोक पाण्डे, पवनराज गुप्ता, लगायतका सम्पूर्ण खेलप्रेमी, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
आजको म्याच दुर्गा भगवती र यमुनामाई को टिम विच भईरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै