440
Shares
तराई टप संवाददाता
काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विचको सहमती विनाको भेटवार्ता सकिएको छ ।
पार्टी भित्र हावी रहेको हैकमवाद विरुद्ध माधव नेपाल समुह देशभरी नै समानान्तर पार्टी विस्तार कार्यक्रम सक्रिय रहेकै विच हिजो देखि प्रधानमन्त्री ओली र नेपाल विच भेट वार्ता भएपनि निष्कर्षमा पुग्न सकेनन् ।
डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । दुई नेता विच भेटपछि उपस्थित संचारकर्मीले सोधेको प्रश्नको कुनै जवाफ नदिदै नेता नेपालले भेट एवं कुराकानीमा कुनै प्रगती नभएको प्रतिक्रिया दिए ।