भारत र जापानले पहिलो संयुक्त हवाई युद्ध अभ्यास गर्दै

   ४ माघ २०७९, बुधबार १७:१३  

टोकियो, एजेन्सी । भारत र जापान संयुक्त रुपमा सोमबार पहिलो द्विपक्षीय हवाई लडाई अभ्यास सुरु गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
‘वीर गार्डियन–२०२३’ जापानको हयाकुरी एयर बेसमा संयुक्त अभ्यास सुरु भएको हो । संयुक्त अभ्यासका लागि भारतीय दलमा चार सु–३० एमकृआई, दुई सि–१७ एस र एउटा आईएल–७८ विमान समावेश गरिएको छ ।
यसैबीच जापानले चार एफ–२ र चार एफ–१५ विमानसहित हवाई अभ्यासमा भाग लिइरहेको जनाइएको छ । एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै