२६–११ का मुख्य योजनाकार हाफिज सइदका जेठाजुलाई ‘ग्लोबल आतंकवादी’ को सूचीमा

   ४ माघ २०७९, बुधबार १७:१५  

नयाँ दिल्ली, एजेन्सी । संयुक्त राष्ट्रसंघले २६÷११ मुम्बई हमलाका मुख्य योजनाकार हाफिज सइदका जेठाजुलाई ग्लोबल आतंकारीको कालो सुची समावेश गरेका छन् ।
‘मुम्बई आतंकवादी हमलाका मास्टरमाइन्ड हाफिज सईदका जेठाजु अब्दुल रहमान मक्कीलाई ‘विश्व आतंकवादी’ कालोसूचीमा संयुक्त राष्ट्र संघले राखेका हुन् ।
मक्की पाकिस्तान स्थित आतंककारी समूह लश्कर–ए–तैयबा (एलईटी) का उपप्रमुख हुन् । चीनले यसअघि मक्कीलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को १२६७ अल–कायदा प्रतिबन्ध समितिमा सूचीकृत गर्ने भारत र अमेरिकाको संयुक्त प्रयासलाई रोकेको थियो । रोयटर्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै