शिवनगर स्वास्थ्य केन्द्रलाई गरुडा नपाबाट प्रसुती बेड हस्तान्तरण

   ५ माघ २०७९, बिहीबार १४:४८  

रौतहट, ५ माघ । रौतहटको गरुडा नगरपालिकाको शिवनगर स्थित स्वास्थ्य केन्द्रलाई सुत्केरी गराउने बेड (पोष्ट अपरेटिभ बेड) एक समारोहका विच गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद कलवारले हस्तान्तरण गरेका छन् ।
गरुडा नगरपालिकाका नगर प्रमुख कलवारले महम्मदपुर हेल्थपोस्ट शिवनगरलाई एक थान बेड सहित स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन । गर्भवती महिलाहरु प्रसुती सेवा लिन आउनेहरु समस्या खेप्दै आएको अवस्थामा गरुडा नगरपालिकाबाट उक्त बेड हस्तान्तरण गरिएको छ ।
शिवनगर स्थित रहेको महम्मदपुर हेल्थपोस्टको अनुगमन तथा निरीक्षन गर्ने क्रममा धेरै जसो श्रोत साधनको अभाव देखिएको हेल्थपोष्टका ईन्चार्ज कमोद यादवलाई मेयर जयसवालले आवश्यक पर्ने सवै साधन जुटाउन सहयोग गर्ने बताए ।
शौचालय, अस्पताल परिसरको फोहर र दुर्गन्धितले अस्पतालमा बस्नै नसकिने अवस्था रहेको उनले बताएका छन । बेड हस्तान्तरण कार्यक्रममा गरुडा नगरपालिकाका वडा नम्बर–५ का वडा अध्यक्ष रामबिनोद साह, पुर्व मुखिया रामाकान्त राउत, मंजय मिश्र, अस्पतालका सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै