प्रधान्मन्त्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभावमा राख्न खोजे

131 Shares

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले प्रधान्मन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रभावमा राख्न खोजेको आरोप लगाएका छन ।
बिहीबार बसेको संसद बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमालेको अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै उक्त आरोप लगाएका हुन् ।
हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन,’ उनले भने, ‘तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसको समर्थन गर्नु भएपछि विश्वासको मत लिने दिन ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँन भन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको उनको तरको थियोे ।

सम्बन्धित समाचार