अभिनेताको बलिउड यात्राको चाहना भने अलग

   ५ माघ २०७९, बिहीबार १४:४५  

मुम्बई, ५माघ । अभिनेता शाहरुख खानलाई भलै बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, । अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो ।
३२ वर्ष अघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । त्यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् ।
३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि आएको थिएँ । तर म यसमा चुकें किनकि बलिउडले मलाई रोमान्टिक हिरो बनाइदियो ।
म केवल एक्सन हिरो बन्न चाहन्थें’, शाहरुख भन्छन्,‘मेरो अर्थ हो कि दिलवाले दुल्हनिया ले जाएँगे मनपर्छ र म राहुल, राज र यी सबै केटा (फिल्मका चरित्र) सँग प्रेम गर्छु । तर मलाई जहिल्यै लाग्थ्यो कि म एक एक्सन हिरो हुँ, त्यसकारण मेरो लागि यो सपना साँचो हुनुजस्तै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै