डि.ए.भी. कलेजले फुटबल प्रतियोगिता गराउन लागे

   ५ माघ २०७९, बिहीबार १४:४६  

काठमाडौँ, ५ माघ । खेलकुदको माध्यमबाट आपसी भाइचारा सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेजले फुटबल प्रतियोगिता गराउन लागेका छन् ।
कलेजले पलस २, ६ ए साइड चौथो अन्तर कलेज फुटबल प्रतियोगिता गर्न लागेको एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले जानकारी दिए । यही माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।
उनका अनुसार गत वर्षको पुरस्कार वृद्घि गरी विजेता टिमलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै