शितलहरबाट प्रभावित जेष्ठ नागरिकलाई रेडक्रसद्धारा कम्बल वितरण

   ५ माघ २०७९, बिहीबार १४:५८  

रौतहट, ५ माघ । विगत केही साता देखि निरन्तर रुपमा चलिरहेको शितलहरबाट प्रभावित बनेका सयौ पिडित जेष्ठ नागरिकहरुलाई नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाबाट कम्बल वितरण गरिएको छ ।
जेष्ठ नागरिकहरुको पहिचान गरी घर÷घरमा गएर उनीहरुलाई कम्बल वितरण गरेको नेपाल रेडकास सोसाइटी रौतहट शाखाले जनाएको हो । रौतहटको विभिन्न पालिकाहरूमा रहेको सोसाइटीको उपशाखा मार्फत पीडितहरुको पहिचान गरी कम्वल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादवले जानकारी दिए ।
जिल्लाको प्रत्येक उपशाखा मार्फत ५०÷५० जनाको दरले ६ सय जना शितलहरबाट प्रभावित जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गर्नुका साथै गरुडा नगरपालिका मा रहेको बंशिराम जयसवाल अनाथालयमा ४४ वटा कम्बल वितरण गरिएको सभापति यादवले बताए ।
कटहरीया, परोहा, बौधिमाई, राजपुर फरहदवा, राजदेवी, फतुवा विजयपुर लगायतका नगरपालिकाहरुमा शितलहर पीडितहरुलाई राहत वितरण गरिएको सभापति बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै