पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान र महिलाको अडियो रेकर्ड बाहिरएपछि विदाद चर्किदै

   ५ माघ २०७९, बिहीबार १५:१७  

कराची, ५ माघ एजेन्सी । पाकिस्तानी सञ्चारमाध्यमहरुमा पछिल्लो समय पूर्व अपदस्थ प्रधानमन्त्री इमरान खानको अडियो लिक भएको समाचारले प्रमुख स्थान पाइरहेको छ ।
पीटीआईका अध्यक्ष समेत रहेका इमरान खान र पीटीआईका एक नेताकी पत्नीबीचको कुराकानीको अडियो टेप बाहिरिएपछि तोशाखाना केसले बिहीबार फेरि टेलिभिजनको हेडलाइन्स उक्त समाचारले प्रमुख्ता पाएका छन् ।
जहाँ दुबैले घडी बिक्रीको बारेमा कुरा गरेको सुनिन्छ । २१ सेकेन्डको क्लिप साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले खानलाई उपहार दिएको महँगो ग्राफ रिस्टवाचको बिक्रीसँग सम्बन्धित पछिल्लो घटनाक्रम भएको बताइएको छ ।
’त्यहाँ केही घडीहरूको कुरा भएका छन् जुन खान साहब तपाईलाई पठाउन चाहन्छन् ताकि तपाईले तिनीहरूलाई बेच्न सक्नुहुन्छ । यी घडीहरू उहाँको प्रयोगमा छैनन् त्यसैले बेच्न चाहनुहुन्छ,’ बुशरा बीबीको रहेको भनिएको आवाज अर्को छेउमा रहेको व्यक्तिलाई भनिरहेको सुन्न सकिन्छ ।
अडियो रेकर्डिङको स्रोत तुरुन्तै स्थापित गर्न सकिएन, र यसको सत्यतालाई धेरैले चुनौती दिएका छन् । बुखारीले घडी बिक्रीमा आफ्नो संलग्नता नभएकोले अस्वीकार गर्दै अडियोको प्रामाणिकता माथि प्रश्न उठाएका छन् ।
’पहिले, यो घडीहरू फराह खाने मार्फत उमर जहुर नामक व्यक्तिलाई बेचेको भनिएको थियो । जब उनीहरूलाई कानुनी सूचना पठाइयो, नयाँ कथा बाहिर आयो कि वास्तवमा घडी म मार्फत बेचेको थियो । मलाई यो स्पष्ट गर्न दिनुहोस् कि मैले कुनै घडी लिएको छैन र कुनै घडीे बेचेको छैन,’ उनले बिहीबार ट्वीटको श्रृंखलामा भने ।
बुखारीले टेपको फोरेन्सिक अडिटको माग गर्दै ’कलेजका बच्चाहरू’ ले पनि अडियो मिलाउन गर्न सक्ने दाबी गरे । ’म आफ्नो खल्तीबाट फरेन्सिक अडिटे तिर्न तयार छु ।’
अप्रिलमा सत्ताबाट हटाइए देखि नै घडी बिक्रीको मुद्दा पूर्व प्रधानमन्त्रीका लागि विवादको बिन्दु बनेको छ । खानलाई निर्वाचन आयोगले अक्टोबरमा ’झूटा बयान र गलत घोषणा’ गरेको आरोपमा अयोग्य घोषित गरेको थियो ।
नोभेम्बरमा, दुबईका व्यापारी उमर फारुक जहूरले दाबी गरे कि पीटीआई सरकारले उनलाई २ मिलियन डलरमा घडी बेचेका थिए र सन् २०१९ बिक्रीको समयमा लगभग २८० मिलियन रुपैयाँ मूल्यको भएको बताइएको छ ।
पीटीआईले जहूरको दावीको विरोध गर्यो र तर्क गर्यो कि यो घडी इस्लामाबादको एक पसल ’आर्ट अफ टाइम’ लाई बेचेको थियो, तर बिहीबार, जियो न्यूजले पसलका मालिकले पनि खरिदमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै