कोशी अस्पतालले मृत घोषित गरेका नवजात शिशु जिवितै, स्थानियद्वारा अस्पतालमा प्रदर्शन

   ५ माघ २०७९, बिहीबार १५:३७  

बिराटनगर, ५ माघ । कोशी अस्पताल बिराटनगरमा उपचारको लागि लगिएका एक नवजात शिशु लाई चिकित्सकले जिवित रहँदा नै मृत्यु घोषणा गरेपछि बिवाद सृजना भएका छ ।
उक्त प्रकरणमा स्वास्थ्य मन्त्रालयले चासो व्यक्त गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चासो व्यक्त गरेका छन् ।
उनले बालकका अभिभावक र अस्पताललाई फोन सम्पर्क गरेर यसबारेमा जानकारी लिएको छ । बालकका बुवा दिलिप मुखिया सँग टेलिफोन संवादमा मन्त्री गिरीले दोषीमाथि कारबाही गरिने बताएका हुन् ।
उपचारको क्रममा लापरबाही गर्न नहुने भन्दै मन्त्री गिरीले घटनाको वास्ताविकता लेखेर पठाउन र आवश्यकता अनुसार दोषीलाई कारबाही गर्न कोशी अस्पतालका निमित्त प्रमुख डा. लक्ष्मी नारायण यादबलाई पनि निर्देशन दिएका छन् ।
१८ दिनको नवजात छोरीलाई बुवा दिलिप मुखिया र आमा उमा मुखियाले उपचारका लागि अस्पतालको इमेरजेन्सीमा लगेका थिए । तर, उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेपछि बच्चा जिउँदै भएको पाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै