सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए

   ५ माघ २०७९, बिहीबार १५:३८  

काठमाडौं, ५ माघ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको छ ।
उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
उनका अनुसार ३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान गरिहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै