प्रहरीद्वारा ७३१ थान राहदानी बरामद

   ५ माघ २०७९, बिहीबार १६:०४  

काठमाडौं, ५ माघ । काठमाडौँ महानगरपालिका वडा नं. २६ गोङ्गबुस्थित २ होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले ७३१ थान राहदानी बरामद गरेको छ ।
गोंगबुको विरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएका थिए ।
उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको ७१७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै