चाँदी खोलाको खाल्डोमा जमेको पानीमा डुवेर १० बर्षिया बालिकाको मृत्यु

   ११ बैशाख २०७८, शनिबार १९:१९  

तराई टप संवाददाता
रौतहट, ११ बैशाख । चन्द्रपुर नगरपालिका स्थित चाँदी खोलामा डुवेर एक १० बर्षिया बालिकाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ मोतिपुरका बर्ष १० का प्रतिमा विकको चाँदी खोलामा डुवेर शनिबार मृत्यु भएको हो ।
चाँदी खोलामा जमेको पानीमा आज विहान पौडी खेल्न गएकी विकको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । चाँदी खोलाबाट अनाधिकृत रुपमा मेशिनको प्रयोग गरेर गिट्टी बालुवा उत्खनन गर्दा ठुलाठुला खाल्टो भएको र सोही खाल्टोमा जमेको पानीमा बालिकाको डुबेर मृत्यु भएको बताइएको छ ।
मृतक विकको शव चन्द्रपुर अस्पतालमा पोष्टमाटम गरी आजै साझ दाहसंस्कार गर्न परिवारलाई शव बुझाइएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै