कृषिमामा आधारित उद्यम लक्ष्ति कार्यक्रम प्रदेश १ मा कार्यक्रम सुरु

132 Shares

काठमाडौं, ५ माघ । प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषिबजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा कृषि उद्यम कार्यक्रमको सुरुआत गरिएको छ ।
प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषि उद्यमहरूलाई लक्षितगर्दै “आध्यन्त एक्सिलेरेटर कार्यक्रम” विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सुरुवात गरिएको हो ।
विराटनगर स्थित बिग होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सिइओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आध्यन्तका संस्थापक मनोज पौडेल लगातका व्यक्तिहरुले मन्तव्य राखेको थियो ।
यससंगै कार्यक्रममा सहभागी हुनको लागि प्रदेश नं. १ का कृषि उद्यमीहरूबाट आवेदन आव्हान गरिएको जानकारी गराए । प्रदेश न. १ मा लगानी प्रवद्र्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, सहज परियोजना र आध्यन्त बीच औपचारिक समझदारी गर्ने प्रक्रिया अगाडी बढेको समेत जानकारी गराए ।
कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेश १ का कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पूँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको छ । प्रदेश १ पर्यटन, कृषि, व्यापार र उद्योगमा अग्रणी प्रदेश हो । यस प्रदेशमा उपलब्ध स्रोतहरूको समुचित उपयोग गरी समृद्ध प्रदेश बन्ने ठूलो अवसर रहेको छ । तथापि त्यसको उचित लाभलिन सकिएको छैन । एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानी योग्य बन्न मद्दत गर्नेछ । जसले प्रदेशमा उपलब्ध स्रोतहरूको व्यवसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्नेछ ।
कार्यक्रमले कृषि–उद्यमीहरूलाई व्यवसायिक वृतमा तथा वृत भन्दा बाहिर रहेका उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्न मद्दत हुनुका साथै थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने उद्देश्य लिएको छ ।
यसअघिका एक्सिलेरेटर कार्यक्रमहरू राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासो बीच आध्यन्त एक्सिलेरेटर कार्यक्रम नेपालमै पहिलो पटक राजधानी बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागिरहेको बताइएको छ । यसबाहेक नेपालमै पहिलो पल्ट सार्वजनिक निजी साझेदारीको मोडलमा एक्सिलेरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको हो । यसमा प्रदेश सरकारको तर्फबाट प्रदेश लगानी प्राधिकरण, निजी क्षेत्रको सबैभन्दा ठूलो र साझा संगठन नेपालउद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई समेटेका बताइए ।
प्राप्त आवेदानहरूबाट १० वटा उद्यमीहरुलाई छनौट गरि १२ हप्ता सम्म पूँजी, बजार पहुँच, र विविध प्राविधिक लगायतका आन्तरिक चुनौतिहरू केन्द्रित परामर्श प्रदान गरिने छ ।
एक्सेलरेटर कार्यक्रमले व्यवसायिक वृतमा रहेका विभिन्न सरोकारवालाहरूले एक आपसमागर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास गरिएको छ । साथै यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक पर्यावरण भन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जाल सम्म पहुँच समेत प्रदान गर्नेछ । आवेदनका लागि मिति २०७९ माघ ४ गते देखि १८ गते सम्म खुला गरिएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।