मिटरब्याजी समस्या समाधान गर्न तयार रहेको प्रधानमन्त्री प्रचण्ड

   ६ माघ २०७९, शुक्रबार १३:४८  

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डको मिटरब्याजी समस्या समाधानको लागि आफूले यथाशीघ्र पहल गर्ने बताए ।
शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पिडित किसानहरू सँग भेट गर्दै प्रधानमन्त्रीले समस्या समाधान गर्ने बताएको छ । अघिल्लो सरकार सँग भएको सम्झौता पनि हेर्छु ।
मिटरब्याजी समस्याले हजारौँ किसानहरू पिडित भएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु, प्रधानमन्त्रीले भने, यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा रहेको छ, म समाधान गर्छु ।
प्रधानमन्त्री सँग भेटभएका किसानहरुका लागि प्रतिनिधिहरूले वर्तमान सरकारले किसानहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै