zoom app marketplace メール zoom desktop client for windows download zoom exchange app download www.zoom us.meeting download download zoom app safely

विगु वैठा घरम आगलागी हुँदा १० लाखको क्षति, युवा नेता डिके झाद्धारा १० हजार नगद सहयोग

   ११ बैशाख २०७८, शनिबार १९:४६  

तराई टप संवाददाता
रौतहट, ११ वैशाख । रौतहटको दुर्गा भगवती गाउँपालिकाको छतौना गाउँमा शुक्रवार राति आगलागी हुँदा १० लाखको जनधनको क्षति भएको छ ।
दुर्गा भगवती गाँउपालिका वडा नम्वर ४ छतौना गाउँ निवासी विगु बैठाको घरमा गएराति १२ बजेको समयमा अचानक आगलागी हुँदा घरबारको साथै पशुचौपायाहरु जलेर नष्ट हुँदा करिव १० लाख मूल्य बराबरको क्षति भएको हो ।
श्रोतको अनुसार बैठाले गोठमा रहेको भैसी, गोरु, लाई लामखुटे धपाउन बालिएको घुरोबाट आगो सल्किएका थिए । आगलागी भएपछि स्थानीय बासिन्दाहरुले अन्य घरलाई क्षति हुनबाट आगो माथि नियन्त्रण गर्न सफल भएपनि बैठाको सम्पत्तीलाई जोगाउन सकिएन ।
आगलागी भएको पिडित वैठा परिवारलाई दुर्गा भगवती गापा ३ का वडाध्यक्ष एवं माओवादी केन्द्रका युवा नेता धर्मेन्द्रकुमार झा (डिके) ले भेटेर व्यक्तिगत रुपमा १० हजार नगद रकम दिई उनको आलो घाउ माथि केही मलहम लगाउने काम गरे ।


ि पडित परिवारलाई १० हजार रकम दिनुको साथै दुखको घडिमा हामी सवै तपाईको साथमा छौं तथा जिल्ला विपद व्यवस्थापन समिति तथा पालिका स्तरिय विपद व्यवस्थापन समिति मार्फत सक्दो सहयोग गराउने आश्वासन दिदै मानविय तवरबाट उनलाई सहयोगी हात अघि बढाउन स्थानीय बासिन्दिाहरु संग अपिल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै