राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रेष्ठ उप सभामुख दाबी नरहेको

   ६ माघ २०७९, शुक्रबार १३:४९  

काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख आफ्नो माथि कुनै पनि दाबी नरहेको बताएकी छिन् ।
उपसभामुखको दाबी गर्नेमा आफ्नो नाम पनि आएकोप्रति ध्यानाकर्षण भएको बताउँदै सांसद सुमना श्रेष्ठले कलष्टर मिलाउन जनजाति महिलाको आवश्यकता भए पनि आफ्नो दाबी नहुने बताएकी छिन् ।
रास्वापामा उपसभामुख माथि दाबी गर्नेमा मेरो नाम आएको धयानाकर्षण भएको छ । उपसभामुख माथि मेरो कुनै पनि किसिमको दाबी छैन । उनले ट्वीटरमा लेखेकी छिन्, ‘पार्टीले क्लस्टर मिलाउनु पर्ने भएर जनजाति महिलाकै आवश्यकता भएमा पनि मेरो दाबी रहने छैन ।’
उनले आफू सांसद भएर नै आफ्नो योग्यता र ज्ञानलाई विधि निर्माण र पालनाका लागि अधिकतम प्रयोग गर्ने बताएकी छिन् ।
उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै